चैत दशैंको नवरात्र आजदेखि सुरु

बिहीबार, चैत ५, २०८२

काठमाडौ । आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र शुक्ल नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको छ । आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको छ । यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको भीड लाग्ने गर्दछ । वर्षमा चार वटा नवरात्र पर्ने गरेका छन् । आषाढ शुक्ल पक्ष, आश्विन शुक्ल पक्ष, पौष शुक्ल पक्ष र माघ शुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाउने गरिएको हो।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार