बाजुरामा एचपिभी खोप अभियान सञ्चालन

शुक्रबार, फागुन १, २०८२

बाजुरा । बाजुराका ९ वटै स्थानीय तहमा किशोरी लक्षित पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालनमा छ । हरेक स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम गरेर खोप लगाउन सुरु गरिएको हो । यस बर्ष जिल्लाभर एक हजार ८ सय ६ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य राखिएको छ । गत बर्ष जिल्लामा अभियानका रुपमा ७ हजार बढीलाई एचपिभी खोप दिइएको यो बर्ष नियमित खोपका रुपमा कक्षा ६ र छुटेका किशोरीलाई मात्रै खोप दिइने छ । जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयमा स्थापना गरिएको खोप केन्द्रमार्फत खोप सेवा प्रदान हुने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लाल बहादुर खड्काले जानकारी दिए । साथै स्वास्थ्य संस्थामा समेत खोप लगाउन सकिने छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत क्यान्सर रोग बिरुद्धको एच.पि.भी खोप अभियान बाजुरामा माघ २७ बाट सुरु भएर फागुन ३ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार