स्वास्थ्यमन्त्री गौतमद्वारा भेरी अस्पतालको अनुगमन

सोमबार, माघ २६, २०८२

बाँके । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालगञ्ज उपमहानगरपालिका–१० मा रहेको भेरी अस्पतालको अनुगमन गरेकी छन् । सोमबार अस्पतालको अनुगमन गर्दै मन्त्री गौतमले अस्पतालमा बेड संख्या बढाउनुपर्ने आवश्यकता रहेको बताइन् । उनले अस्पतालमा सेवा विस्तार आवश्यक भए पनि वर्तमान आर्थिक अवस्थाका कारण नयाँ भौतिक संरचना निर्माणमा चुनौती रहेको उल्लेख गरिन्। मन्त्री गौतमले भनिन्, ‘अस्पतालहरूमा बेड बढाउनुपर्ने कुरामा कुनै दुविधा छैन । तर अहिलेको आर्थिक अवस्थाका कारण नयाँ संरचना निर्माणका लागि अर्थ मन्त्रालयबाट स्वीकृति लिन र स्रोत व्यवस्थापन गर्न कठिनाइ छ । तथापि, यस विषयलाई म प्राथमिकतामा राख्नेछु ।’ उनले स्वास्थ्य सेवा प्रभावकारी बनाउन विद्यमान स्रोत र संरचनाको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिँदै अस्पताल प्रशासनसँग सेवा प्रवाहलाई थप व्यवस्थित र जनमैत्री बनाउन निर्देशन दिइन् । अनुगमनका क्रममा मन्त्री गौतमले अस्पतालको सेवा अवस्था, जनशक्ति, पूर्वाधार तथा बिरामीलाई प्रदान गरिने सुविधाबारे जानकारी लिएकी थिइन् ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार