६ हजार पीसीआर परीक्षण गर्दा ५३४ जनामा कोरोना पुष्टि, ९ जनाको को मृत्यु

बिहीबार, पुस १६, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १९६ जना महिला र ३३८ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ६००० पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ३२ हजार ४७७ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ छ भने क्वारेन्टाइनमा ३६२ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ४४७ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ९ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८५६ रहेको छ ।
काठमाडौं उपत्यकामा २४७ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा संक्रमित हुनेमा १०३ महिला र १४४ जना पुरुष रहेका छन् । काठमाडौंमा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना कोरोना संक्रमित देखिएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार