बुधबार थपिए ३८४० कोरोना सङ्क्रमित 

बुधबार, साउन १३, २०७८

काठमाडौं । बुधबार थप  ३ हजार ८४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८८६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ६३४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९२२  गर्दा १२०६ मा संक्रमण देखिएको छ । कुल १५ हजार ८०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । यो अवधिमा ३३ जनाको संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो तथ्याङ्कसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९७७१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोनाबाट मुक्त भएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै कोरोनो भाइरसको संक्रमणदर विस्तारै उकालो लाग्दै गएको छ । भीड भाड गर्ने स्वास्थ्य मापदण्ड पालना नगर्ने गर्दा सङ्क्रमणको दर बढ्दै गएको भन्दै जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् । 

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार