ब्राजिलमा झन् बढ्यो कोरोना प्रकोप, एकै दिन एकलाखभन्दा बढी सङ्क्रमित

शनिबार, साउन ९, २०७८

साओ पाओलो । ब्राजिलमा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समयमा झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा नै एक लाखभन्दा पनि बढी सङ्क्रमित भएका छन् । यहाँ विगतका केही दिनमा एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीले जानकारी दिएका थिए । हाल मृत्यु हुनेको संख्या त घटेको छ तर सङ्क्रमित भने झनै बढेका छन् । यहाँ शुक्रबार अघिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट कम्तीमा पनि एक लाख आठ हजार जना मानिस सङ्क्रमित भएका छन् । योसँगै ब्राजिलमा कोरोना भाइरसको प्रकोपबाट सङ्क्रमित हुनेको संख्या एक करोड ९६ लाख पुगेको छ । जसका कारण यहाँको जनजीवन पनि निकै प्रभावित भएको देखिएको छ ।
त्यसैगरी गएको २४ घन्टामा यहाँ यो सङ्क्रमणबाट एक हजार ३२४ जनाको ज्यान गएको छ । यो सङ्क्रमणबाट अहिलेसम्म ब्राजिलमा पाँच लाखभन्दा बढीको ज्यान गएको बताइएको छ । ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या पाँच लाख नाघेको छ । त्यहाँका स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार ब्राजिलमा अहिलेसम्म अर्थात् मंगलबार सम्ममा पाँच लाख ४८ हजार ९५ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको बताइएको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्या बढेको पाइएको छ । त्यसैगरी मृत्यु हुनेको संख्या पनि केही हप्ता अघि घटेको देखिएकोमा अहिले बढेको छ । ब्राजिलको साओ पाओलो शहर सुरुदेखि नै यो सङ्क्रमणको केन्द्रविन्दुको रुपमा रहेको पनि पाइएको छ । ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ । यहाँ अहिले पनि दैनिक कम्तीमा पनि एक हजार जनाको ज्यान जाने गरेको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १९:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार