भारतमा ३९ हजार नयाँ सङ्क्रमित थपिए

शनिबार, साउन ९, २०७८

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ३९ हजार ९७ जना सङ्क्रमित भएका छन् ।   योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १३ लाख ३२ हजार १५९ पुगेको अधिकारीले जनाएका छन् ।  कुल सङ्क्रमितमध्ये अहिले चार लाख आठ हजार ९७७ जना सङ्क्रमित अवस्थामै रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कुल सङ्क्रमित ध्येको १.३१ प्रतिशत भएको पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये चार लाख २० हजार १६ जनाको मृत्यु भएको छ । ती मध्ये ५४६ जना पछिल्लो एक दिनमा थपिएका हुन् ।   पछिल्लो २४ घण्टामा कुल ३५ हजार ८७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यो अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या कम देखिएकाले अघिल्लो दिनको तुलनामा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या बढेको छ ।  भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित भएरपनि अहिले सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या तीन करोड पाँच लाख तीन हजार १६६ पुगेको छ ।  सरकारी अधिकारीका अनुसार भारतमा ४४.४५ करोड स्वाब परीक्षण गरिएको छ भने ४२ लाख ७८ हजारभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।–एएनआई
 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १९:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार