सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा देशभरका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी तथा चिकित्सकहरूको भेला हुने भएको छ । माघ १६ गतेदेखि २४ गतेसम्म धरानमा ‘अल नेपाल इन्टर मेडिकल कलेज मिट– साइन्याप्स २०२६’ नामक सप्ताहव्यापी कार्यक्रममा विद्यार्थी, चिकित्सक तथा आवासीय चिकित्सकहरूको सहभागिता रहनेछ । कार्यक्रममा खेलकुद, सांस्कृतिक तथा साहित्यिक गोष्ठी र समारोहहरू आयोजना गरिने छन् । कोरोना महामारी तथा अन्य विविध कारणले नियमित रूपमा आयोजना हुन नसकेको यो कार्यक्रम पुनःसञ्चालन हुन लागेको हो । मेडिकल तथा स्वास्थ्य विज्ञान अध्ययनरत विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नु, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन गर्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।