राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा नियुक्त

सोमबार, पुस २१, २०८२

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा नियुक्त भएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मन्त्रीस्तरीय निर्णय गर्दै डा. झालाई प्रयोगशालाको प्रमुखको जिम्मेवारी दिएकी हुन् । यसअघि डा. झा कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट थिइन् । कोशीको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी भने डा. राम नारायण चौधरीलाई दिइएको छ । उनी ११ औँ तहका प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन हुन् । जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्टलाई भने दरबन्दीमै रहेर काम गर्ने गरी प्रयोगशालामा राखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार