स्वास्थ्य बिमामा निर्णायक कदम चाल्ने बेला आएको छ : स्वास्थ्य मन्त्री गौतम

सोमबार, पुस २१, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले स्वास्थ्य बिमाको विषयमा एउटा निर्णायक कदम चाल्नु पर्ने अवस्था रहेको बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित वित्तिय व्यवस्थापन सम्बन्धी गोष्ठि कार्यक्रममा उनले स्वास्थ्य बिमा धेरै नै गार्हो अवस्थामा रहेको र करोडांै रुपैयाँको भुक्तानी बाँकी रहेको भन्दै यस विषयमा एउटा निर्णायक कदम नचाले बिमा कार्यक्रम अगाडि बढ्न नसक्ने बताईन् । उनले वर्तमान सरकारले बिमा, औषधी र आपूर्ती तीन विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि जानकारी गराएकी छन् । उनले भनिन्, ‘अहिले यो सरकारको प्राथमिकतामा तीन वटा कुरा राखेका छौ, त्यसमा बिमा, औषधी र आपूर्ती रहेको छ । बिमाको विषयमा एउटा निर्णायक कदम नचाल्ने हो भने बिमा ठिक तरिकाले चलि रहेको छैन्, धेरै नै गाह्रो अवस्था छ । करोडांैको भुक्तानी बाँकी छ ।’

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार