चीनबाट आठ लाख मात्रा खोप आइपुग्यो 

बिहीबार, साउन ७, २०७८

काठमाडौँ । छिमेकी मुलुक चीनबाट खरिद गरिएको मध्ये आज कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा आएको छ । चीनसँग खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट आज खोप ल्याइएको स्वास्थ्य तथा जनसंख्ष्या मन्त्रालका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । आज आएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखि देशभरि पठाइने उनले बताए ।  उनले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिए । यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७३ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  २१:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार