नेपाल मोबाइल ब्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व

आइतबार, पुस ६, २०८२

काठमाडौं। नेपाल मोबाईल ब्यवसायी संघ काठमाडौंको अध्यक्षमा जनक बस्नेत निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले बस्नेतको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । बस्नेत यसअघि कार्यसमितिमा उपाध्यक्ष थिए । निर्वाचन समिति संयोजक तथा अधिवक्ता जनक साउदका अनुसार संघको उपाध्यक्ष पदमा दिपक अधिकारी र प्रकाश कार्की निर्विरोध निर्वाचित भएका छन्। यसैगरी महासचिवमा इन्जिनियर गणेश उप्रेती, सचिवमा रामबाबु भट्ट, कोषाध्यक्षमा लेखनाथ अधिकारी र सहकोषाध्यक्षमा उमेश चौलागाईं चुनिएका छन् । निवर्तमान अध्यक्ष सुरेश वाँनियाले २५ सदस्यीय कार्यसमिति पूर्णरुपमा निर्विरोध चयन भएको जानकारी दिए। निर्वाचित कार्यसमितिको कार्यावधि दुई वर्षको हुने बानियाँले बताए ।

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार