छठका लागि दमकको रतुवा खोला किनारमा घाट निर्माण तीव्र

शनिबार, कात्तिक २८, २०८३

दमक । छठ पर्व नजिकिएसँगै झापाको दमकस्थित रतुवा खोला किनारमा छठ पूजाका लागि घाट निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको छ । अहिले पूजा स्थलको व्यवस्थापन, माटो सम्याउने र घाट सजाउने काम अन्तिम चरणमा पुगेको छ । दमकसहित आसपासका क्षेत्रका भक्तजनहरू हरेक वर्ष यसै स्थानमा भेला भएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने गर्छन् । विभिन्न समिति तथा सामाजिक संस्थाहरूले छुट्टाछुट्टै घाट निर्माण गरिरहेका छन् । यस वर्ष पनि सयौँ परिवारले सामूहिक रूपमा छठ पूजा गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  १६:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार