गृहमन्त्री गुरुङ र यूएईस्थित नेपाली दूतावासका अधिकारीबीच भेटवार्ता

शनिबार, कात्तिक २८, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावासमा दूतावासका अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन यूएई पुगेका गृहमन्त्री गुरुङले शनिबार दूतावासमै पुगेर अधिकारीहरूसँग छलफल गरेका हुन । गृहमन्त्री गुरुङ यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका थिए ।  

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  १५:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार