एमाले महाधिवेशनको पूर्वसन्ध्यामा च्यासलमा रौनक

शुक्रबार, मंसिर २६, २०८२

काठमाडौँ । नेकपा (एमाले) पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन भोलि (शनिबार)देखि सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै पार्टी मुख्यालयमा नेता तथा कार्यकर्ताहरूको चहलपहल पनि बढेको छ । होटल, रेष्टुरेन्ट एवम पार्टी प्यालेसहरुमा प्रतिनिधिहरुको भीडभाड देखिन्छ । भोलिदेखि सुरु हुने महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलले उम्मेदवारी दिएका छन् । विभिन्न नेता तथा कार्यकर्ताहरू आफ्नो उम्मेदवारको पक्षमा खुल्न थालेपछि पार्टी कार्यालयदेखि विभिन्न काठमाडौंका होटलहरुमा चुनावी भेला भइरहेका छन् । योसँगै चुनावी माहौल तातेको छ । नेता ठाकुर गैरेका अनुसार २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन समारोहपछि २८ गतेदेखि भृकुटीमण्डपमा बन्द–सत्र सुरु हुनेछ । बन्द–सत्रमा राजनीतिक प्रतिवेदन, विधान प्रतिवेदन र नयाँ केन्द्रीय कमिटीको निर्वाचन प्रमुख कार्यसूची हुने जानकारी उनले दिए । शनिबार ११ बजे सल्लाहघारीमा उद्घाटनको योजना बनाइएको छ । यता, पार्टी कार्यालयमा नमुना भोटिङ मेसिन राखिएपछि प्रतिनिधिहरु झुम्मिएका छन् । कार्यालय परिसरमा नाचगान समेत चलिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार