मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

शुक्रबार, मंसिर २६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषद्मा चार जना थपिने भएका छन् । शुक्रबार अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण हुने कार्यक्रम रहेको छ । आज शपथ लिन लागेका मन्त्रीहरुमा श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । यो विस्तारसँगै मन्त्रिपरिषद् १४ सदस्यीय पुग्ने छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार