सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुनेछ । एमालेको ११ औँ महाधिवेशन भोली (शनिबार) देखि सुरु हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।