केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

बुधबार, मंसिर २४, २०८२

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द्र सिंहले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बदनाम गराएको बताएका छन् । बुधबार एमालेको एघारौं महाधिवेशनका सन्दर्भमा काठमाडौँँमा आयोजित अन्तर संवादमा उनले ओलीले पार्टीलाई बद्नाम गरेको बताए । केन्द्रीय सदस्य सिंहले भदौ २३ र २४ को विध्वंश केपी ओलीकै कारण भएको बताए । उनले पार्टीभित्र अहिले पनि कतिपयले केपी ओली संकटको मोचन गर्ने नेता भन्दै भ्रम बाँड्न लागि परेको बताए । ओलीकै कारण देशमा बर्बादी निम्तिएको भन्दै सिंहले संकटको कारणलाई नै समाधान जस्तो गरी प्रस्तुत गर्न खोजिनु लजास्पद रहेको टिप्पणी पनि गरे । उनले एकनाथ ढकालहरू छुट्टै पार्टी भएर पनि एमालेको सांसद हुन् मिल्ने पर्टीमा विद्या भण्डारीको सदस्यता रोकेर गल्ती गरिएको बताए । अब एमालेको नेतृत्व फेर्नुको विकल्प नरहेको भन्दै महाधिवेशनका प्रतिनिधिले विवेकपूर्ण निर्णय लिनुपर्ने उनले बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार