आज कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने

बुधबार, मंसिर २४, २०८२

काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली भईरहेको छ । यस्तै, महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज राती भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार