प्रधानमन्त्री कार्कीलाई सुधन गुरुङले भेटेर राखे जेनजीसँग गर्न लागिएको सम्झौताप्रति चासो 

मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मङ्गलबार भएको  भेटमा गुरुङले सरकार र जेनजीबिच हुन लागेको सम्झौता र प्रगतिबारे चासो राखेका छन् । जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुङ्ग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उनको भनाइ थियो। यस्तै उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो प्रधानमन्त्री कार्की समक्ष राखेका थिए । गुरुङसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका सचिवालय सदस्य कुमार बेन पनि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार पुगेका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार