जेनजी शहीदको नामावली प्रशासन कार्यालयमा राख्न निर्देशन  

सोमबार, मंसिर २२, २०८२

काठमाडौं । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार गरेको छ । मन्त्रालयको कार्यालय व्यवस्थापन तथा जिन्सी शाखाले सूचना जारी गरेर आन्दोलनमा मारिएका ४५ जनाको नामावली सबै जिल्ला प्रशासन कार्यालयमा राख्न परिपत्र गरेको हो । परिपत्रमा ३ दिनभित्र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा निर्देशन दिइएको छ । आइतबार गृहमन्त्रीस्तरीय निर्णय भएको त्यो विषय शाखाका अधिकृत पदमबहादुर खत्रीले परिपत्र गर्दै राख्न निर्देशन दिएका हुन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार