मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

आइतबार, मंसिर २१, २०८२

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवसहित तीनजना मन्त्रिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार जनकपुरधामस्थित मधेश भवनभित्र आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत शुक्रबार सात दलिय गठबन्धनले नेपाली कांग्रेसका कृष्णा यादवको नेतृत्वमा मधेश प्रदेश सरकारका लागि दाबी पेश गरेका थिए । सोही दिन प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले कृष्णा यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए । तत्कालका लागि नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १/१ जनालाई मन्त्री पद दिएर मन्त्रीमण्डल विस्तार गरिएको छ । जनमत पार्टीबाट महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादी पार्टीका कनिष पटेललाई विना विभागीय मन्त्री बनाइएको छ । नवनियुक्त तीनै जना मन्त्रीहरूले आजै शपथ ग्रहण समेत गरेका छन् । 

Photo-(2)-(8)-1765118721.jpg
 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार