मधेश प्रदेशका मुख्यमन्त्री यादवले आउँदो २४ गते विश्वासको मत लिने

आइतबार, मंसिर २१, २०८२

सर्लाही । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् । सत्तापक्षीय सातदलीय गठबन्धनको आजको बैठकले सो निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए । मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । शपथपछि उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णरूप दिने योजना रहेको बताईएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार