कांग्रेसमा क्षमता र योगदानमा आधारित मूल्यांकन प्रणाली जरुरी : गुरुराज घिमिरे

शुक्रबार, मंसिर १९, २०८२

काठमाडौं । नेपाली कांग्रेस विषेश महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले अब क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली अवलम्बन गर्ने बताएका छन् ।  अभियानका तर्फबाट आयोजित १५ औं महाधिवेशनको तयारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हरेक व्यक्तिलाई कामको आधारमा अवसर प्रदान गर्ने बताउँदै पद्दतीसंवत रुपले पार्टी चल्ने युगमा आफूहरु प्रवेश गरेको धारणा राखे ।  उनले भने,‘अब क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली अवलम्बन गर्ने छौं । हरेकलाई कामको आधारमा अवसर प्रदान गर्ने छौं । साथै यहाँ मेरो र तेरो भन्ने र काखा र पाखा हुँदैन् । त्यसैले यसको लागि विधिपूर्वक पार्टी चल्नेछ । र पद्दतीसंवत रुपले पार्टी चल्ने युगमा हामी प्रवेश गर्दैछौं ।’  त्यस्तै उनले विशेष महाधिवेशन जसरीपनि गराएर छाड्ने दावी समेत गरे । त्यस्तै अर्का नेता जगदीश नरसिंह केसीले तोकिएकै समयमा अधिवेशन गर्दा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरुको सम्मान हुने बताए । उनले १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने नेताहरुले वागमतीलाई नभइ कर्णालीलाई आधार बनाएर गरेको भए राम्रो हुने बताए । कांग्रेस ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठले महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको औंल्याए । नेता युवराज पाण्डेले क्रियाशील सदस्यता अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउँदै तोकिएको कार्यतालिकाभित्रै अधिवेशन सम्पन्न गराउन सबै लाग्नुपर्ने बताए । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार