सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यसैगरी, राति भने सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली हुने पनि महाशाखाको भनाई रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने अनुमान छ ।