सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मार्गशीर्ष पूर्णिमा अर्थात धान्यपूर्णिमाका दिन आज देशभर आफ्नो कुल देवताको पूजा भइरहेको छ । देशभरका ब्राहृमण क्षेत्रीयहरूले धान्य पूर्णिमाका रूपमा कुल पूजा गर्छन् । मसिंर पूर्णिमालाई नेपालभरि नै धान्य पूर्णिमाका रुपमा मनाउने गरिन्छ । धान्यपूर्णिमामा आज देशभर आफ्नो कुल देवताको पुजा गर्ने गरिन्छ । यसै अवसरमा आज ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलमा घिमिरेहरूले पनि आफ्नो कुल पूजा गरेका छन् । घिमिरेहरू उत्पति कसरी र कहाँबाट भयो भन्ने यकिन तथ्य नभएता पनि गुल्मी जिल्लाबाट उत्पति भएको सुन्नमा आएको बुढापाकाहरू बताउँछन् । कुलपूजा भनेको कुलको परम्परा वा शास्त्रीय विधिअनुसार पितृ, ख्यातिप्राप्त पुर्खा, कुलका संरक्षक देवता तथा स्थानीय देवीदेवताको निश्चित तिथिमा गरिने पूजा हो । शास्त्रमा ‘कुल’का साथै कुलायन, कुलायिनीजस्ता शब्द प्रयोग गरेको पाइन्छ । जाति अनुसारको कुलको नाम फरक फरक हुने भयकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ ।