मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरूलाई आह्वान

बुधबार, मंसिर १७, २०८२

जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख कार्यालयले आज मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै नयाँ सरकार निर्माण गर्नका लागि दलहरूलाई आह्वान गरेको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रवार १९ गते साँझ ५ बजे भित्रमा सरकार गठनका लागि दाबी पेश गर्नका लागि दलहरुलाई आह्वान गरेको छ । यो संगै दलहरु पुनः छलफलमा जुटेका छन् । आज दिउँसो बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भनिएकोमा उनले बैठकमै राजीनामा दिएको घोषणा गरेका थिए ।

Photo-(1)-(4)-1764766161.jpg
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार