विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित

बुधबार, मंसिर १७, २०८२

जनकपुर । मधेश प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेकोमा मुख्यमन्त्री यादव स्वयम अनुपस्थित रहेका थिए । प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् । सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । हिजो मंगलबार मुख्यमन्त्री यादवले बेलुका पत्रकार सम्मेलनमार्फत आफुले ढिलो पत्र प्राप्त गरेकोले आज बिहान विश्वासको मत लिने जानकारी गराएका थिए । ८ः३० बजे बस्ने भनिएको मधेश प्रदेश सभा बैठक १०ः३० मा सुरु भएको थियो । मुख्यमन्त्री यादव बैठकमा अनुपस्थित रहेका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार