ठूला पूर्वाधारका कामहरू पहिलाभन्दा तिव्र गतिमा अगाडि बढेका छन् : अर्थमन्त्री

सोमबार, मंसिर १५, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको लगानीलाई सहयोग पुर्‍याउन सक्ने ठूला पूर्वाधारका कामहरू पहिलाभन्दा तिव्र गतिमा अगाडि बढिरहेको बताएका छन् । सोमबार आर्थिक पत्रकार समाजको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय प्राथमिकताका, उच्च महत्वका निजी क्षेत्रको लगानीलाई सहयोग पुर्‍याउन सक्ने ठूला पूर्वाधारमा थप रकम प्रवाह गरेर भन्दा पहिलाभन्दा तिव्र गतिमा कामहरू भइरहेको बताए । उनले भने, ‘राष्ट्रिय प्राथमिकताका, उच्च महत्वका निजी क्षेत्रको लगानीलाई सहयोग पुर्‍याउन सक्ने ठूला पूर्वाधारमा अहिले थप रकम प्रवाह गरेर काम सम्पन्न गराउनको लागि बाटो खुलेको छ । कतिपय राजमार्गहरूमा काम धेरै नै ढिला तरिकाले अगाडि बढेको थियो । अहिले ती राजमार्गहरुमा पहिलाभन्दा तिव्र गतिमा काम भएको छ ।’ यस्तै, उनले नेपालको अर्थतन्त्रको सही चित्र आमनागरिक समक्ष प्रस्तुत गर्नको लागि, कतिपय कुरामा सही सूचना प्रवाह गरेर अर्थतन्त्रलाई सहि दिशामा डोराउनको लागि सेजनले महत्वपूर्ण भूमिका खेलेको भन्दै सेजनलाई धन्यवाद दिए ।  सोही कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्र विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गरि सरकारी नीतिगत र कार्यपद्धती दुवैमा सुधार गर्न वर्तमान सरकार प्रतिबद्ध मात्र होइन कार्यहरु पनि अगाडि बढाएको बताए । वर्तमान सरकारको प्रमुख प्राथमिकता भनेको तोकिएको समयमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने नै रहेको पनि उनको भनाई छ ।  उनले भने, ‘अहिलेको सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने र सेवा प्रवाहमा अझै गुणात्मक सुधार गर्ने नै रहेको छ ।’ साथै, नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनको लागि सबै मिलेर काम गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । 

Photo-(20)-(1)-1764588629.jpg
 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार