सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने सहमति जुटेको छ । सोमबार सम्पन्न केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको कार्यतालिकामा महाधिवेशन गर्ने सहमति जुटेको हो । कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र गरिसक्ने उल्लेख छ । महाधिवेशन मितिमा सहमति जुट्न नसक्दा केन्द्रीय समिति बैठक पटक पटक स्थगित हुँदै आएको थियो । विशेष महाधिवेशन पक्षधर नेताहरूको भावना समेत सम्बोधन हुनेगरि पुसमा महाधिवेशन गर्ने सहमति बनेको हो । उक्त सहमतिसँगै यही मंसिर २३ गते म्याद सकिने शेर बहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थपिएको छ ।