नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै 

सोमबार, मंसिर १५, २०८२

काठमाडौं । पटक पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।  सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे विवाद हुँदा केन्द्रीय कार्यसमिति बैठक पटक–पटक सर्दै आएको थियो ।  आज बैठक बस्नुअघि कार्यवाहक सभापति खड्काले सबै पक्षसँग अनौपचारिक छलफल गर्ने तयारी छ । गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा टुंगो नलाग्दा लम्बिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार