सीताको ब्याटिङ बरियतामा सुधार

मंगलबार, साउन ५, २०७८

काठमाडौँ ।  नेपाली राष्ट्रिय महिला टोलीका उपकप्तान सीता राना मगरको ब्याटिङ बरियतामा सुधार भएको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० क्रिकेटको ब्याटिङ बरियताअनुसार उनी ९०औँ स्थानमा रहेकी छन् । यसअघि मगर ९२औँ बरियतामा स्थानमा रहेकी थिइन् । आइसीसीको बरियतामा पर्ने उनी एकमात्र नेपाली महिला क्रिकेट खेलाडी हुन् ।  महिला क्रिकेटको ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा, अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, भारतकी स्मृति मन्धाना तेस्रो, अष्ट्रेलियाकी मेग लानिङ चौथो तथा अष्ट्रेलियाकी एलिसा हेली पाँचौँ स्थानमा रहेका छन् । नेपाल आइसीसी महिला टी–ट्वान्टी क्रिकेटको बरियतामा भने यथास्थानमा रहेको छ । आइसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपालको स्थान १४ रहेको छ । नेपाल एकदिवसीय महिला क्रिकेटको बरियतामा भने हालसम्म पर्न सकेको छैन । टी २० तथा एकदिवसीय क्रिकेटतर्फ बलिङको महिला बरियतामा नेपालबाट कुनै खेलाडी पर्न सकेको छ्रैनन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  २०:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार