सस्तो पुनरवितरणको राजनीति त्यागेर अवसरको समानतामार्फत अघि बढ्नुपर्छ : स्वर्णिम वाग्ले

आइतबार, मंसिर १४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले समाज रूपान्तरणका लागि अवसरको समानतामा आधारित राजनीतिलाई अघि बढाउनुपर्ने बताएका छन् । रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा कार्यक्रममा बोल्दै उनले सस्तो तथा पुनरवितरणमुखी राजनीतिले देशलाई अघि  लैजान नसक्ने जिकिर गरे । ‘हामी जे बनाउन भनेर लागिरहेका छौं, त्यो समाज बुझ्न जरुरी छ,’ उनले भने, ‘पुनरवितरणको—अर्थात् सस्तो—राजनीति खारेज गरेर अवसरहरूको समानताको राजनीतिबाट अघि बढ्नुपर्छ ।’

Photo-(4)-(2)-1764511271.jpg
वाग्लेले मुलुकको अर्थतन्त्रको आकार विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै समाजका बेथिति र समस्याको जरा बुझेर समाधानतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । उनले आगामी १० वर्षभित्र रास्वपाले आफ्नो दार्शनिक आधार स्पष्ट गर्नुपर्ने आवश्यकता औँल्याए । उनले अहिलेको लोकतन्त्रलाई अझ स्वच्छ र उत्तरदायी बनाउँदै अघि बढ्नुपर्ने बताए । उनले भने, ‘यो समाज हामी जे बनाउन भनेर लागेका छौं त्यो बुझ्न जरुरी छ । मुलुकको अर्थतन्त्रको  आकार ठूलो बनाउनुपर्छ । हामीले आजको दिनमा १० वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको आफ्नै दार्शनिक आधार के हो भनेर यो सोच्नुपर्ने हुन्छ । अहिलेको लोकतन्त्रलाई थप स्वच्छ बनाएर अगाडि बढ्नुपर्छ ।’

Photo-(2)-(2)-1764511271.jpg
 

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२  १९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार