सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कार्तिक १९ गतेदेखि आज मंसिर ११ गतेसम्म आउँदा एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरू आफूहरूको अभियानमा जोडिएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरू पनि अभियानमा प्रवेश गरेको भन्दै यसले यो अभियान सच्चा वामपन्थी कम्युनिष्ट र सच्चा देशभक्तहरूको अभियान बनि सकेको बताए । उनले भने, ‘१९ गतेदेखि आज मंसिर ११ गतेसम्म आउँदा एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरू जसरी हाम्रो अभियानमा प्रवेश गर्नुभएको छ त्यसले के देखाउँछ भने यो अब सम्पूर्ण सच्चा वामपन्थी कम्युनिष्टहरूको, सच्चा देशभक्तहरूको अभियान बनि सकेको छ मलाई विश्वास छ आउने दिनमा यसले पूर्णता प्राप्त गर्दै जाने छ र देशको रक्षा गर्ने कुरामा क्रान्तिका उपलब्धिको रक्षा गर्ने कुरामा हामीले नयाँ आन्दोलन छेड्नु छ ।’ यस्तै, उनले अभियान चुनाव जित्नको लागि नभई राष्ट्रको स्वाधिनताको रक्षा, राष्ट्रको सार्वभौमसत्ताको रक्षा गर्ने उद्देश्यका साथ एउटा बलियो तागत पैदा गर्ने संकल्पका साथ गरिएको अभियान भएको बताए । उनले युवा र आम नेपाली जनताको विकास र सुशासनको चाहानालाई सम्बोधन गर्ने दृढ संकल्पका साथ एकताको आन्दोलनमा सहभागी भएको पनि बताए । उनले भने, ‘नेपालमै रोजगारी सिर्जना गरेर नेपाली युवाहरू जेनजी युवाहरूले जुन आक्रोशका साथ आफ्ना मागहरू अगाडि सारेका छन् । देश विदेशमा भएका लाखौं नेपाली युवाहरूले देशभित्र रोजगारीको वातावरण बनेको हेर्न चाहेका छन् । ती युवाहरूको र आम नेपाली जनताको विकासको चाहानालाई सुशासनको चाहानालाई सम्बोधन गर्ने दृढ संकल्पका साथ हामी यो एकताको आन्दोलनमा सहभागि भएको हो । यो एकता आन्दोलन हो ।’ यो एकता एउटा यस्तो शक्तिशाली अभियान हुनेवाला छ, जसले देशलाई र जनताको भावनालाई सम्बोधन गर्ने र भ्रष्टाचारीहरूलाई साच्चि नै कारबाही गर्ने गरि अगाडि बढ्ने पनि उनको भनाई छ ।