प्रधानमन्त्री कार्की र एमालेका नेताहरूबीच बालुवाटारमा छलफल 

बिहीबार, मंसिर ११, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी छ । छलफलमा नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी छन् । सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चार मन्त्री जगदीश खरेल, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी छन् ।प्रधानमन्त्री कार्कीले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नका लागि तयारी अघि बढाएकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार