नेप्से वृद्धिमा निरन्तरता, कारोबार रकममा सामान्य गिरावट 

बिहीबार, मंसिर ११, २०८२

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेको छ । अघिल्लो कारोबारको दिन बुधबार ९.६१ अंकले बढेको नेप्से परिसूचक आज पनि १०.४३ अंकले वृद्धि हुँदै २६ सय ७६.०३ बिन्दुमा पुगेर रोकिएको छ ।  आजको बजारमा सेन्सेटिभ इन्डेक्स २.४३, फ्लोट इन्डेक्स १.१४ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.१९ अंकले बढेको छ । बुधबारको बजारमा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको एक करोड ३६ लाख २० हजार कित्ता सेयर किनबेच भएको थियो भने आज कुल ३ सय ३३ स्टकको ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैया बराबरको १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर कारोबार भएको छ । यो कारोबार ८६ हजार १ सय ७० पटकमा भएको हो ।  यस दिन पाँच वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जि, श्रिनगर एग्रिटेक इन्डस्ट्रि र एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।  यस दिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै प्रति कित्ता ७.९८ प्रतिशतले घटेको छ ।  आजको कारोबारमा एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर सबैभन्दा बढि कारोबार भएको छ । यस्तै, नागदि ग्रुप पावर लिमिटेड, हिमालयन रिइन्स्योरेन्सको सेयर पनि सबैभन्दा बढि कारोबार भएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार