दल दर्ताको समय थप

बिहीबार, मंसिर ११, २०८२

काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि चार दिनको समय थप गरेको छ । आगामी फागनु २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय बुधबार थपेको हो । यसअघि बुधबारसम्मको लागि दल दर्ताको समय तोकिएको थियो । बुधबारसम्ममा १९ वटा नयाँ दल दर्ता भएका छन् । यो सँगै निर्वाचन प्रयोजनका लागि दल दर्ताको संख्या १०६ पुगेको छ । थप १९ वटा नयाँ दल दर्ता प्रक्रियामा रहेकाले उनीहरु पनि सकभर निर्वाचनमा भाग लिन पाउन् भन्ने उद्देश्य दल दर्ताको समय थप गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार