संविधान संशोधन गर्न सकिँदैन भने प्रधानमन्त्रीले राजीनामा दिए हुन्छ : मिराज ढुंगाना

बिहीबार, मंसिर ११, २०८२

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको कुरा सुन्न नचाहेको गुनासो गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारनजिकै बुधबार प्रदर्शन गर्ने क्रममा उनले जेनजीहरूले देशमा स्थिरता र सुशासनको माग राखेको भन्दै यो कुरा प्रधानमन्त्रीले सुन्न नचाहेको बताए । उनले भने, ‘देशको अवस्था स्थिर होस् र देशमा सुशासन होस् भन्ने कुराको माग गरेको देशको प्रधानमन्त्री सुशीला कार्कीज्यूले हाम्रो कुरा सुन्नै चाहानु भएन, उहाँलाई चुनाव नै अनिवार्य हो जस्तो लागेको छ तर त्यो होईन् । हाम्रो कुरा भनेको अर्थपूर्ण चुनाव तब हुन्छ जब हाम्रो मागहरू संविधान संशोधन गरेर पूरा गरिन्छ । त्यसो भएन भने फेरि आउने अवस्था यस्तै हो ।’ यस्तै, उनले प्रधानमन्त्रीलाई संविधान संशोधन गर्न नसक्ने हो भने राजीनामा दिन पनि आग्रह गरेका छन् ।  उनले भने, ‘आन्दोलनको मर्म बुझ्नु भएको छ, ७६ जनाको मृत्यु भएको कुरा पनि बुझ्नु भएको छ भने माग सुन्नु अहिले पनि ढिला भएको छैन । यदि सक्नु हँुदैन्, संविधान संशोधन गर्न सक्नु हुँदैन् भने तपाई राजीनामा दिनु, तपाई घोडा टेक्नु हामी के गर्नुपर्ने हो त्यसपछि गर्छौं ।’

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार