जसपाका बागमती अध्यक्ष गोले एमालेमा प्रवेश 

बुधबार, मंसिर १०, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित एक कार्यक्रमकाबीच गोलेलाई अध्यक्ष अ‍ोलीले पार्टी प्रवेश गराएका हुन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका गोलेले जसपा विभाजन भएपछि पार्टी त्याग गरेका थिए । 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार