सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले स्थानीय सरकारहरूलाई विद्यालय कर्मचारी र बाल शिक्षकहरूलाई सरकारले तोकेको न्यूनतम तलव दिन आग्रह गरेका छन् । मंगलबार फेसबुकमा स्टेटस राख्दै उनले शिक्षामन्त्रालयले बाल कक्षा शिक्षक, विद्यालय सहयोगी र विद्यालय सहायक कर्मचारीको लागि तलब संघीय अनुदानबाट पठाई सकेको भन्दै बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक रकममा नघट्ने गरी स्थानीय सरकारले थप्नु पर्ने बताए । उनले लेखेका छन्, ‘शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकको लागि रु.१२,०००।–, विद्यालय सहयोगीको लागि रु.१०,०००।– र विद्यालय सहायक कर्मचारीको लागि रू.१५,०००।– तलब संघीय अनुदानबाट पठाई सकेको छ । बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक रकममा नघट्ने गरी स्थानीय सरकारले थप्नु पर्ने हो । अहिले सम्म झण्डै ७०० वटा स्थानीय सरकारले थपेर न्यूनतम पारिश्रमिक अनुसार तलव ख्वाएको जानकारी मन्त्रालयलाई आएको छ । यो विषय न्यूनतम तलब नदिएका स्थानीय सरकारहरूको जिम्मेवारी भएको अवगत गराउँछु । बाल शिक्षकहरू र कर्मचारीहरूलाई अन्याय नगर्नु होला । यस विषयमा ट्रेड युनियनका नेताहरू खोई जागेको ?’ यस्तै, उनले अहिले सम्म झण्डै ७०० वटा स्थानीय सरकारले थपेर न्यूनतम पारिश्रमिक अनुसार तलब दिएको जानकारी मन्त्रालयलाई आएको भन्दै न्यूनतम तलब नदिएका स्थानीय सरकारहरूले पनि समयमा तलब दिनु पर्ने बताए ।