सिंहदरबार छिर्न खोज्दा जेनजीहरूमाथि धरपकड

मंगलबार, मंसिर ९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन पुगेका जेन–जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाउनुको साथै हातपात पनि गरिएको छ ।  हिजो अपराह्न पनि २१ वटा जेन–जी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए । आज मंगलबार बिहान सिंहदरबार गेटमा पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले लखेटेर अनामनगरको पुल कटाएको थियो । सोक्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो । सोही क्रमममा केही जेनजीहरूलाई चोट पनि लागेको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार