सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि एमाले निर्वाचन आयोगमा दल दर्ता गरेको हो । एमालेको निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ताका लागि आयोग गएका थिए । ‘हामीले हाम्रो दल अद्यावधिक गर्यौँ, लोकतान्त्रिक पार्टी भएकाले एमाले आफूलाई लोकतान्त्रिक प्रक्रियामा सधै अपडेट गर्छौँ’, आचार्यको भनाइ छ ।
राप्रपाले गरायो दल दर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगमा दल दर्ता गराएको छ । राप्रपाका तर्फबाट केदारबहादुर अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गराइसक्नुपर्नेछ । एमाले र राप्रपाले पनि दल दर्ता गराएसँगै अहिलेसम्ममा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६६ दल दर्ता भइसकेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाइराखेको एमालेले आजै सर्वोच्च अदालतमा रिट समेत दायर गरेको छ ।