सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही २० मंसिरदेखि सञ्चालन हुने भएको छ । २० मंसिरदेखि समानुपातिक निर्वाचनतर्फको कार्यक्रम आयोगबाट अगाडि बढ्ने छ । निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुसार २१ मंसिर बिहान १० बजेदेखि २३ मंसिर दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेश गर्नेछन् । निवेदन पेश गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन २४ मंसिर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ । १३ र १४ पुस बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची पेश गर्नेछन् । २० माघ बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ। स्वीकृत निर्वाचन कार्यक्रम अनुसार २१ फागुन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।