फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि ५६ दल दर्ता

आइतबार, मंसिर ७, २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार साँझसम्म ५६ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाका लागि ५६ र राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल दर्ता भएका हुन् ।  प्रतिनिधिसभाको फागुन २१ र राष्ट्रियसभाको निर्वाचन माघ ११ गतेलाई तोकिएको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल अद्यावधिक गर्ने समय मङ्सिर ७ गतेसम्मलाई तोकेको छ भने प्रतिनिधिसभाका लागि मङ्सिर १० गतेसम्म तोकेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार