जेनजी २.० संगठनका युवाहरूले गृहमन्त्रीलाई भेटेर भने, ‘सरकारले हामीहरूप्रति गलत व्यवहार गर्‍यो’ 

आइतबार, मंसिर ७, २०८२

काठमाडौं । आज जेनजी २.० संगठनका युवाहरूले गृहमन्त्री ओम प्रकाश अर्याललाई पछिल्लो समय सरकारले जेनजी युवाहरूप्रति गरेको व्यवहार गलत रहेको बताएका छन् । आइतबार गृह मन्त्रालय पुगेका जेनजी २.० का प्रवक्ता अविन लिम्बुले गृहमन्त्रीसँगको भेटमा २३ गते घटना घटाउनेहरूलाई कारबाही गर्नुंपर्ने माग गरिएको बताए ।  उनले भने, ‘गृहमन्त्रीसँग हाम्रो भेट भयो, हामीले उहाँसँग भदौ २३ गते नआई २४ गते आउँदैन । २३ गते जुन घटना घट्यो त्यसका त्यो घटना घटाउनेहरूलाई कारबाही गर्नुपर्छ । अर्को कुरा २४ गते जुन उदण्ड मच्चियो त्यसमा २३ गते घटेको घटनाको ठूलो हात थियो त्यसकारण २३ गते घटना घटाउनेहरूलाई पक्राउ गर्नुहोस् र २४ गतेलाई नछोड्नुहोस् । अपराध गरेकै हो अपराधीकरण त गर्नैपर्‍यो ।’  प्रवक्ता लिम्बुले युवाहरू सरकारको पर्खाल रहेको बताउँदै सरकारलाई चाहिने सहयोग गर्ने बताए ।  ‘हामी सरकारको पर्खाल हौं । सरकारलाई चाहिने सबै कुराको सहयोग गर्न हामी तयार छौं,’ उनले भने ।  यस्तै जेनजी २.० संगठनका केन्द्रीय सचिवमा कुन्दन कुशवाहाका अनुसार हालको सरकारले जेनजी आन्दोलनको माग अनुसार काम नगरेको भन्दै सरकारले जेनजी युवाहरूप्रति गरेको व्यवहार गलत रहेको बताए ।  उनले भने, ‘जेनजीहरूको सरकार, नागरिकहरूको सरकार, जेनजीको रगतले बनेको सरकारले खासमा सहित र घाइते परिवारको म्यान्डेट अनुसार, आन्दोलनको म्यान्डेट अनुसार काम गर्नुपर्ने  तर अहिले गृहमन्त्री ज्यूले जुन प्रकारले काम गरिरहनु भएको छ यो सरासर गलत हो ।’ उनले पुराना राजनीतिक दलहरूको टार्गेटमा युवाहरू रहेको भन्दै युवालाई सुरक्षा दिनुपर्ने ठाउँमा सरकारले पुराना राजनीतिक दलहरूलाई नै सुरक्षा दिइरहेको बताए ।  ‘पुराना राजनीतिक दलहरूले हामीलाई टार्गेटमा राखेको छ । हामीलाई सुरक्षा दिनुपर्ने ठाउँमा सरकारले पुराना राजनीतिक दलहरूलाई नै सुरक्षा दिइरहेको छ । हामी के चाहन्छौं भने शान्ति, सुरक्षा चाहान्छौं । अहिलेको नागरिक सरकारलाई हामी सघाउन पनि चाहान्छौं,’ उनले भने । 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार