सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको बताएका छन् । आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले समावेशी बनाउन नसक्दा कुन तहको आन्दोलन र विद्रोह हुन सक्दो रहेछ भन्ने कुरा जेनजी आन्दोलनले प्रमाणित गरेको बताएका हुन् । ‘जेनजी आन्दोलनले समकालिन नेपाली राजनीतिको चेतना खोलिदिएको छ । समावेशी बनाउन नसक्दा पुस्तौं पुस्तालाई हामीले छोड्दा खेरी कुन तहको आन्दोलन हुन सक्दो रहेछ भन्ने कुरा भदौ २३ र २४ को आन्दोलनले प्रमाणित गरेको छ ।’ त्यस्तै उनले आजको घोषणासभा कुनै एउटा पार्टी बनाउने मात्र नभई देश संकटको घडीमा भएको अवस्थामा सबै लोकतान्त्रि, प्रगतिशीलहरू र राष्ट्रको चिन्ता गर्नेहरू एकठाउँमा आउने दिन भएको बताए । उनले भने, ‘आजको यो घोषणासभा कुनै एउटा पार्टी बनाउने मात्र होइन् । यो संकटको घडीमा सबै लोकतान्त्रि, प्रगतिशीलहरू र यो राष्ट्रको चिन्ता गर्नेहरू र राष्ट्र बचाउनुपर्छ भन्नेहरू एकठाउँमा आउने दिन हो ।’ त्यस्तै उनले संविधान प्रदत्त लोकतान्त्रिक अधिकार खोसिने हो कि भन्ने खतरा रहेको बताउँदै संविधानमाथि पनि धेरै संकट मुर्झाएको धारणा राखे । आफ्नो पुस्ताको सबैभन्दा ठूलो चुनौती भनेकै राज्यको गुमेको विश्वास फर्काउने रहेको उनको भनाई छ ।