सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट । बाराको सिमरा घटनामा प्रशासन र जेनजी समूहबीच तीनवटा मुख्य विषयमा सहमति भएको छ । जेनजीहरूको सुरक्षा, घाइतेको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्ने लगायत तीनवटा विषयमा छलफल गरी सहमति भएको हो । सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रशासन र जेनजी समूहबीचको छलफल सकरात्मक भएपछि आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बारा संयोजक सम्राट उपाध्यायले बताए । उनले पक्राउ पर्न बाँकी रहेकालाई नियन्त्रणमा लिएर निष्पक्ष कारवाहीको माग गर्दै ३ दिनसम्म पर्खने बताएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले फरार रहेका अभियुक्तलाई पक्राउ गर्नका लागि प्रहरीले कुनै किसिमको लापरबाही र ढिलासुस्ती नगर्ने बताए । प्रशासन र जेनजी समूहबीच भएको सहमतिसंगै शनिबार सिमराको जनजीवन समान्य बनेको छ भने यातायात निर्वाध रुपमा सञ्चालन भएका छन् । यता बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । जेनजी समूह र एमाले कार्यकर्ता बीचको झडप पछि दुई दिनदेखि सिमरा अशान्त बनेको थियो । सोही घटनाक्रमपछि उनलाई प्रहरी हेडक्वार्टर सरुवा गरिएको हो । मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवर बारा आउने भएका छन् । एमाले नेता–कार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि चर्किएको विवादको कारण केही दिनदेखि सिमरा अशान्त बनेको थियो ।