सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनमा नेपाली कांग्रेसले भाग लिने भएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । शनिबार सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिने निर्णय गरेको हो । महामन्त्री गगन थापाका अनुसार दुवै निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ । तर, कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै उक्त विषय सर्वोच्च अदालतले नै टुङ्गो लगाउने पनि जनाएको छ । कांग्रेसले सरकारलाई निर्वाचनको वातावरण बनाउन, जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू फिर्ता ल्याउन र फरार भएका कैदीहरूलाई पनि पुनः कारागारमा फर्काउन सरकारलाई अनुरोध समेत गरेको छ । त्यस्तै महामन्त्री थापाले आगामी निर्वाचनका लागि पार्टीले महाधिवेशनमार्फत नयाँ नेतृत्व लिएर अघि बढ्ने पनि बताए । उनले महाधिवेशनको कुरा विधानमै उल्लेख भएकाले सोही अनुसार अघि बढ्ने पनि सुनाए ।