प्रधानमन्त्री कार्कीको केही दिनभित्र राजीनामा आउँछ : महेश बस्नेत

शुक्रबार, मंसिर ५, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की(सुशीला आमा) लाई राजनीतिक जीवनबाट ‘टाटा बाई–बाई’ गराएर पठाउनुपर्ने बताएका छन् । पार्टीको नेसनल युथ भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै उनले सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाई गराउनुपर्ने भन्दै उनलाई छोरा–छोरीसँग बेलायत गएर आफ्नो बिरामी पति र आफ्नो समेत उपचार गरेर आरामदायी जीवन बिताउन पनि भनेका छन् ।  उनले भने, ‘भोलि ११ बजे भृकुटिमण्डपमा हामी प्रस्तुत हुँदैछौं । विभिन्न उपत्यका आसपासका जिल्लाहरुबाट आएका एमालेका ६० हजारभन्दा बढी नेता कार्यकर्ता  भृकुटीमण्डपमा जम्मा गर्दैछौ । सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाई गराएर छोराछोरीसँग बेलायत गएर आफ्नो बिरामी पति र आफ्नो समेत उपचार गरेर आरामदायी जीवन बिताए हुन्छ ।’ यस्तै, उनले रिटायर जीवन शानदार तरिकाले बेलायतमा गएर विताउन सुझाव दिंदै उनले राजनीतिमा अचानो नबन्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।  उनले भने, ‘राजनीतिले मलाई अचानो बनायो भनि रहनु भएको छ । विचरा आमै अचानो नबन्नुहोला ।  रिटायर जीवन शानदार तरिकाले बेलायतमा गएर बिताउनु होला । उतै छोराछोरीको सेवा गर्नु । सरकार चलाउने काम राजनीति दलहरुले गर्ने हो । राजनीति नेताहरुले गर्ने हो, तपाई उतै जानुस ।’ उनले प्रधानमन्त्री कार्कीले दुई तिन दिनभित्र राजीनामा दिने दाबी पनि गरे । उनले काठमाडौं महानगरका मेयर बालेन शाहले स्टाटस लेखेर देशलाई सङ्कटमा पुर्‍याउन खोजे पनि अब नेसनल युथ भोलेन्टियर फोर्सले रक्षा गर्ने बताए ।

Photo1-(1)-1763724882.png
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार