आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

शुक्रबार, मंसिर ५, २०८२

काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ ।  शुक्रबार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बैठक बस्ने तय भएको हो । बैठकमा अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको सम्बन्धमा सरोकारवाला निकाय एवं विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।  साथै, आजको बैठकमा संविधान सभाका सदस्य खिमलाल देवकोटा, पूर्व मुख्य सचिव शंकरदास बैरागी, अध्यागमन विभाग महानिर्देशक रामचन्द्र तिवारी र प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेलाई आमन्त्रित पनि गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार